Logo

२०८३, आश्विन १७गते


images
images

इंग्ल्यान्डका अलराउन्डर मोइन अली जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

इंग्ल्यान्डका अलराउन्डर मोइन अली जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

images
  • इंग्ल्यान्डका अलराउन्डर मोइन अली जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन विजेता जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई अनुबन्ध गरेको छ । 

    images
    images
    images

    अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ ।

    images
    images
    images

    बायाँ हाते ब्याटर र अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडी थिए । उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए। सन् २०२२ मा अस्ट्रेलियामा भएको टी२० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए ।

    images
    images
    images

    यस सिजनका लागि जनकपुर बोल्ट्समा ललित राजवंशी (मार्की खेलाडी), अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । अक्सनबाट सन्तोष कार्की, रित गौतम, आशुतोष पाण्डे, विशाल सुस्लिंग राई, अभिषेक तिवारी, बिशाल पटेल, तृतराज दास, अमर सिंह राउतेलालाई अनुबन्ध गरेको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।