Logo

२०८३, आश्विन ३०गते


images
images

एनपीएललाई आइसीसीको औपचारिक मान्यता

एनपीएललाई आइसीसीको औपचारिक मान्यता

images
  • एनपीएललाई आइसीसीको औपचारिक मान्यता
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता दिएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले औपचारिक मान्यता दिएको जानकारी दिएको हो ।

    images
    images
    images

    आइसीसीले मान्यता दिएपछि प्राप्त भएमा नेपाली क्रिकेटको विकास, विदेशी खेलाडीको सहभागिता र प्रतियोगिताको व्यावसायिक विस्तारमा सहयोग पुग्ने भएको छ ।

    images
    images
    images

    आईसीसीको स्वीकृतिले टेस्ट खेल्ने देशका अन्तर्राष्ट्रिय खेलाडीहरुलाई फ्रेन्चाईजीहरुले सहभागिता गराउन सक्ने छन् । यसबाट टोलीहरूले प्रायोजन, विज्ञापन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने अवसर पाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्लेषण गरिएको छ । 

    यसअघि एनपीएलमा आइसीसीको आंशिक स्वीकृति रहेको थियो, जसका करण सिमित टिमले मात्र अन्तराष्ट्रिय खेलाडी भित्राउने अवसर पाएका थिए । 

    एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।