Logo

२०८३, आश्विन ३०गते


images
images

देशभर मतदाता संख्या १ करोड ९० लाख ९१ हजार पुग्यो, एक वर्षमा १ लाख ८७ हजार थपिए

देशभर मतदाता संख्या १ करोड ९० लाख ९१ हजार पुग्यो, एक वर्षमा १ लाख ८७ हजार थपिए

images
  • देशभर मतदाता संख्या १ करोड ९० लाख ९१ हजार पुग्यो, एक वर्षमा १ लाख ८७ हजार थपिए
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

    images
    images
    images

    आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार देशभर कुल १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता कायम भएका छन् । 

    images
    images
    images

    आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य २१४ जना रहेका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तुलनामा मतदाता संख्या १ लाख ८७ हजार ६८६ ले बढेको छ । उक्त निर्वाचनमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए ।

    आयोगले २०८२ चैत २२ गतेदेखि नियमित रूपमा मतदाता नामावलीमा नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउने काम गर्दै आएको थियो ।

    यस क्रममा २०८३ भदौ १५ गतेसम्म नाम दर्ता गराएका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समावेश गरी असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको थियो ।

    प्रारम्भिक नामावलीमा १ करोड ९२ लाख ९४ हजार ९६१ मतदाता समावेश थिए। चैत २२ देखि भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम थपिएको थियो भने मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्दलगायतका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो ।

    त्यसपछि प्रारम्भिक नामावलीमाथि दाबीविरोध तथा विवरण जाँचबुझ गर्ने क्रममा थप २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ ।

    जसमध्ये मृत्यु भएका ४५ हजार ३२२ जना र दोहोरो नाम, नागरिकता त्याग वा रद्द तथा दाबीविरोधलगायतका कारण १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको हो ।

    यसरी आवश्यक संशोधन र अद्यावधिकपछि आयोगले असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको हो।

    आयोगले अन्तिम मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइट www.election.gov.np मा सार्वजनिक गरेको छ ।

    साथै सातै प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहअनुसारको मतदाता संख्यासम्बन्धी विवरणसमेत वेबसाइटमा उपलब्ध गराइएको आयोगले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।