Logo

२०८३, श्रावण ३०गते


images
images

प्रदेशको सन्तुलित विकास नै हाम्रो सपना हो : मुख्यमन्त्री केसी

प्रदेशको सन्तुलित विकास नै हाम्रो सपना हो : मुख्यमन्त्री केसी

images
  • प्रदेशको सन्तुलित विकास नै हाम्रो सपना हो : मुख्यमन्त्री केसी
    images
    images

    रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको सन्तुलित विकास नै आफ्नो सरकारको सपना भएको बताएका छन् ।  आफू नेतृत्वको गठबन्धन सरकारले सम्पूर्ण ध्यान प्रदेशको समृद्धि र सन्तुलित विकासमा लगाएको बताउँदै मुख्यमन्त्री केसीले लुम्बिनीको विकास नै आफ्नो सपना भएको बताएका हुन् ।

    images
    images
    images


    शनिबार रोल्पामा माओवादी कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आम लुम्बिनीबासीको जीवनलाई समृद्ध बनाउने बताए । प्रदेश सरकारको योजना नै सन्तुलन मिलाएर विकास गर्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्ने रहेको उनको दावी छ । 

    images
    images
    images


    त्यसैगरी उनले लुम्बिनीको  पूर्ववर्ती सरकारले लिएको बजेट भन्दा वर्तमान सरकारकाले लिएको बजेट जनमैत्री भएकाले यसलाई छिटो कार्यन्वय गर्नका लागि सबै लाग्नुपर्ने बताए । 

    images
    images
    images


    कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले लिएको गौरवको आयोजना सम्पन्न गर्न र नयाँ आयोजनालाई अगाडि बढाउनका लागि आफुले भूमिका खेलिरहेको बताउँदै त्यसका लागि सबै जिल्लाका विभागीय कार्यालयलाई सहजीकरण गर्न निर्देशन समेत दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।