Logo

२०८३, कार्तिक ३०गते


images
images

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु

images
  • बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु
    images

    बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य व्यक्ति पनि परेको आशङ्का गरिएको छ ।

    images
    images
    images

    सोमबार बिहान करिब १०: २० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भएर दुर्घटना भएको हो । अटो सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर खोज तथा उद्धार कार्यमा जुटेको थियो ।

    images
    images

    दुर्घटनामा बुङ्गल नगरपालिका–१० की करिब ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महराको मृत्यु भएको छ । उनीहरूको शव भिरको बीच भागमा फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा थप प्रहरी टोली घटनास्थलमा खटिएको छ । दुर्घटनामा परेका अन्य व्यक्ति तथा अटोको खोजी र उद्धार कार्य जारी रहेको रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अटो दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।