Logo

२०८३, मंसिर १गते


images
images

अपराध

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

images
  • लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
    images

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार गएराति करिब १ बजे सामान्य विवाद हुँदा ४२ वर्षीय मनोज कार्कीले आफ्नी ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको हो ।

    images
    images
    images

    घटनाबारे राति १: १५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    images
    images

    घटनामा संलग्न मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।