Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्घटना

चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

images
  • चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
    images

    चितवन । भरतपुर महानगरपालिका-१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    शुक्रबार बिहान ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा भरतपुर महानगरपालिका-१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् ।

    images
    images
    images

    उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए। दुर्घटनामा घाइते भएका अन्य दुई पैदलयात्रीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

    images
    images

    प्रहरीले कार र चालक भरतपुर महानगरपालिका-१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।