Logo

२०८३, आश्विन १९गते


images
images

कांग्रेस महाधिवेशन

सुरेन्द्रराज पाण्डेको कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

सुरेन्द्रराज पाण्डेको कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

images
  • सुरेन्द्रराज पाण्डेको कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    images
    images
    images

    पाण्डेले पार्टीभित्र एकता र सुदृढ संगठन निर्माणलाई प्राथमिकता दिँदै सबै तह र पुस्ताबीच संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा अघि बढ्ने बताएका छन् । उनले पार्टी सदस्यका रूपमा ४५ वर्षभन्दा बढीको अनुभव र तीन पटक केन्द्रीय सदस्यका रूपमा काम गरेको अनुभवलाई आगामी यात्रामा उपयोग गर्ने उल्लेख गरेका छन् । 

    images
    images
    images

    गण्डकी प्रदेश सरकारको नेतृत्व गर्दा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिएको दाबी गर्दै पाण्डेले आगामी दिनमा पनि संगठन सुदृढीकरण, विचारमा स्पष्टता, निष्पक्षता र पार्टी एकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

    images
    images
    images

    उनले महाधिवेशन प्रतिनिधि, पार्टीका अग्रज, सहकर्मी, युवा तथा शुभेच्छुकको साथ र सहयोग आफूले अपेक्षा गरेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।