Logo

२०८३, मंसिर २गते


images
images

त्रिविमा विकेन्द्रीकरण: क्याम्पसहरुलाई पूर्ण स्वायत्तता दिइदै

त्रिविमा विकेन्द्रीकरण: क्याम्पसहरुलाई पूर्ण स्वायत्तता दिइदै

images
  • त्रिविमा विकेन्द्रीकरण: क्याम्पसहरुलाई पूर्ण स्वायत्तता दिइदै
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रशासनिक सुधार, शैक्षिक गुणस्तर वृद्धि र सेवा प्रवाहलाई सहज बनाउन विकेन्द्रीकरणको प्रक्रिया विस्तार गर्ने तयारी गरेको छ । यससँगै गण्डकी प्रदेशस्थित पृथ्वीनारायण क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

    images
    images
    images

    विश्वविद्यालयको पुनर्संरचना, प्रशासनिक अधिकारको बाँडफाँट र क्याम्पसहरूको स्वायत्तता विस्तारलाई प्राथमिकतामा राख्दै त्रिविले रोकिएको विकेन्द्रीकरण प्रक्रियालाई पुनः गति दिन थालेको हो । विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरेको तीन महिने कार्यप्रगति विवरणमा पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ ।

    images
    images
    images

    राष्ट्रिय शिक्षा नीति, २०७६ को उच्च शिक्षा खण्डमा त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीमा चुस्तता र गुणस्तर कायम गर्न विश्वविद्यालयको पुनर्संरचना गर्ने व्यवस्था गरिएको छ। सोही नीतिअनुसार विश्वविद्यालयको संरचनालाई व्यवस्थित बनाउँदै अधिकार र जिम्मेवारी विकेन्द्रित गर्ने प्रयास भइरहेको हो ।

    images
    images

    साना प्रशासनिक कामका लागि केन्द्र धाउनुपर्ने बाध्यता हटाइने

    त्रिविले विकेन्द्रीकरण विस्तार गर्दै क्याम्पसहरूलाई साना प्रशासनिक कामका लागि केन्द्रीय कार्यालय धाउनुपर्ने बाध्यता हटाउने लक्ष्य राखेको छ। उपकुलपति भोला थापाका अनुसार शैक्षिक सुधारसँगै प्रशासनिक प्रभावकारिता, आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहिता सुनिश्चित गर्नु विकेन्द्रीकरणको मुख्य उद्देश्य हो ।

    त्रिविले विकेन्द्रीकरण नियम, २०५५ लाई समयअनुकूल परिमार्जन तथा थप अध्ययन गर्दै हालसम्म यस प्रक्रियामा सहभागी नभएका क्याम्पसहरूलाई समेत समेट्ने तयारी गरेको छ ।

    यसअघि विकेन्द्रीकरणमा सहभागी अधिकांश अध्ययन संस्थान तथा क्याम्पसले शैक्षिक गुणस्तर सुधारभन्दा आर्थिक अधिकारको प्रयोगमा बढी ध्यान दिएको त्रिविको निष्कर्ष छ। आर्थिक अधिकारको प्रयोगमा अनियमितता हुँदा बेरुजु बढेको भन्दै अब आर्थिक व्यवस्थापनसँगै शैक्षिक सुधारलाई पनि अनिवार्य प्राथमिकतामा राखेर नियम कार्यान्वयन गरिने उपकुलपति थापाले बताएका छन् ।

    क्याम्पसले ७० प्रतिशत आम्दानी आफैँ खर्च गर्न पाउने

    प्रचलित विकेन्द्रीकरण नियमअनुसार अध्ययन संस्थान, सङ्काय, अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसहरूले अनुदान प्राप्त गर्ने, नीति निर्माण गर्ने, योजना कार्यान्वयन गर्ने, अनुगमन तथा मूल्याङ्कन गर्ने र सामान्य कारबाही गर्नेसम्मको अधिकार पाएका छन् ।

    त्यस्तै, कार्यकारी परिषद्ले तोकेको बाहेक अतिरिक्त शुल्क निर्धारण गर्नसमेत सक्ने व्यवस्था छ । आर्थिक व्यवस्थापनअन्तर्गत सम्बन्धित निकायले आर्जन गरेको कुल आम्दानीको ३० प्रतिशत विश्वविद्यालयको केन्द्रीय कोषमा बुझाउनुपर्ने र बाँकी ७० प्रतिशत रकम आफ्नै कोषमा राखेर व्यवस्थापन तथा विकास परिषद्बाट बजेट स्वीकृत गराई खर्च गर्न पाउने व्यवस्था छ ।

    आठ क्याम्पसले पूर्ण स्वायत्तता पाए

    त्रिविको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म आठवटा क्याम्पसले पूर्ण स्वायत्तता प्राप्त गरेका छन्। त्यस्तै, सातवटा अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र र ४२ वटा आङ्गिक क्याम्पस विकेन्द्रीकरण प्रक्रियामा सहभागी भइसकेका छन्। अब १२ वटा क्याम्पस मात्र विकेन्द्रीकरण प्रक्रियामा जोडिन बाँकी रहेको त्रिविले जनाएको छ।

    उपकुलपति प्रा.डा. भोला थापाले नेतृत्व सम्हालेपछि रोकिएको विकेन्द्रीकरण विस्तारको प्रक्रिया पुनः अघि बढ्न थालेको हो ।

    पूर्ण स्वायत्तता प्राप्त क्याम्पस

    - महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम

    - केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार, धरान

    - आयुर्वेद क्याम्पस, कीर्तिपुर

    - महेन्द्ररत्न क्याम्पस, ताहाचल

    - जन प्रशासन क्याम्पस, बल्खु

    - पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार

    - मेची बहुमुखी क्याम्पस, झापा

    - धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

    विकेन्द्रीकरणमा गएका अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र

    - इन्जिनियरिङ अध्ययन संस्थान

    - कृषि तथा पशुविज्ञान अध्ययन संस्थान

    - चिकित्साशास्त्र अध्ययन संस्थान

    - आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)

    - नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)

    - व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)

    - शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)

    विकेन्द्रीकरणमा सहभागी क्याम्पसहरू

    - अमृत साइन्स क्याम्पस, लैनचौर

    - नेपाल कमर्श क्याम्पस, मीनभवन

    - शङ्करदेव क्याम्पस, पुतलीसडक

    - पब्लिक युथ क्याम्पस, धोबीचौर

    - नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग

    - विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग

    - सुर्खेत शिक्षा क्याम्पस, वीरेन्द्रनगर

    - सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर

    - पूर्वाञ्चल क्याम्पस, धरान

    - पुल्चोक क्याम्पस, ललितपुर

    - थापाथली क्याम्पस, काठमाडौं

    - पश्चिमाञ्चल क्याम्पस, पोखरा

    - लमजुङ क्याम्पस, सुन्दरबजार

    - पक्लिहवा क्याम्पस, रूपन्देही

    - विराटनगर नर्सिङ क्याम्पस, विराटनगर

    - वीरगञ्ज नर्सिङ क्याम्पस, वीरगञ्ज

    - महाराजगञ्ज क्याम्पस, काठमाडौं

    - महाराजगञ्ज नर्सिङ क्याम्पस, काठमाडौं

    - पोखरा नर्सिङ क्याम्पस, पोखरा

    - नेपालगञ्ज नर्सिङ क्याम्पस, नेपालगञ्ज

    - मेची बहुमुखी क्याम्पस, भद्रपुर

    - महेन्द्र मोरङ आदर्श क्याम्पस, विराटनगर

    - स्नातकोत्तर क्याम्पस, विराटनगर

    - महेन्द्र बहुमुखी क्याम्पस, धरान

    - ठाकुरराम क्याम्पस, वीरगञ्ज

    - वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर

    - भक्तपुर क्याम्पस, भक्तपुर

    - पाटन संयुक्त क्याम्पस, ललितपुर

    - त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौं

    - पृथ्वीनारायण क्याम्पस, पोखरा

    - बुटवल बहुमुखी क्याम्पस, बुटवल

    - भैरहवा बहुमुखी क्याम्पस, भैरहवा

    - त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन

    - महेन्द्र बहुमुखी क्याम्पस, दाङ

    - महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज

    - धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

    - सानोठिमी क्याम्पस, भक्तपुर

    - तेह्रथुम बहुमुखी क्याम्पस

    - पोखरा क्याम्पस, वनविज्ञान अध्ययन संस्थान

    - हेटौंडा क्याम्पस, वनविज्ञान अध्ययन संस्थान

    - गोरखा क्याम्पस, गोरखा

    - डोटी बहुमुखी क्याम्पस, डोटी

    विकेन्द्रीकरण प्रक्रियामा सहभागी हुन बाँकी क्याम्पस

    - भोजपुर बहुमुखी क्याम्पस, भोजपुर

    - महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज

    - सूर्यनारायण सत्यनारायण मोरवेता यादव बहुमुखी क्याम्पस, सिरहा

    - रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुर

    - सरस्वती बहुमुखी क्याम्पस, लैनचौर

    - ललितकला क्याम्पस, भोटाहिटी

    - रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग

    - जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

    - डडेलधुरा क्याम्पस, डडेलधुरा

    - विश्वविद्यालय क्याम्पस, कीर्तिपुर

    - गौरादह कृषि क्याम्पस, झापा

    - चितवन इन्जिनियरिङ क्याम्पस

    त्रिविले विकेन्द्रीकरणलाई थप विस्तार गर्दै क्याम्पसहरूलाई प्रशासनिक तथा आर्थिक अधिकार प्रदान गर्ने, तर त्यसको प्रयोगमा पारदर्शिता, जवाफदेहिता र शैक्षिक गुणस्तर सुनिश्चित गर्ने लक्ष्य लिएको छ। पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने प्रक्रिया पनि विश्वविद्यालयको पुनर्संरचनासँग जोडिएको महत्वपूर्ण कदमका रूपमा अघि बढाइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिवि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।