Logo

२०८३, कार्तिक २८गते


images
images

शिक्षा

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

images
  • त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार गर्न विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    परीक्षा प्रणाली व्यवस्थित बनाउने, पठनपाठन प्रभावकारी बनाउने र उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविका पदाधिकारीबीच छलफल भएको छ ।

    images
    images
    images

    शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह, रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटीलगायत सहभागी थिए ।

    images
    images

    छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी दिइएको थियो। साथै, क्याम्पसमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने, अनुसन्धानमूलक गतिविधि बढाउने तथा विद्यार्थीको शैक्षिक क्षमताका आधारमा भर्ना कोटा निर्धारण गर्ने विषयमा पनि जोड दिइएको थियो ।

    शिक्षामन्त्रीका सल्लाहकार झाले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताए। त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य गर्नुपर्ने उनको भनाइ थियो ।

    त्रिविका उपकुलपति थापाले विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढाइने छलफलमा बताइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिवि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।