काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देखाउदै त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ ।
वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउन असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन एवं भर्ना समितिका संयोजक डा. किशोरचन्द्र दाहालले बताए ।
उनका अनुसार, रोकिएको परीक्षा कहिले सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसिरहेको छ । ‘असोज १६ वा १७ मा छलफल भइरहेको छ, आजै सूचना जारी गर्छौं’, दाहालले भने ।
कृषि विज्ञानको प्रवेश परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भनिएको थियो । सुदूरपश्चिम विश्वविद्यालयले यसअघि ९ असोजमा कृषि पढ्ने विद्यार्थीका लागि काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रवेश परीक्षा लिएको थियो । परीक्षामा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology