काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त माग गरेको छ । यसअघि प्रकाशित दरखास्त आह्वानको सूचना रद्ध गरेको त्रिविले पुनः दरखास्त मागेको हो ।
यसअघिको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको थियो । तर उक्त प्रावधानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाउंदै पुन: आवेदन मागको सूचना जारी गर्न निर्देशन गरेका थिए ।
यस अघिको प्रावधानले बाहिरको योग्य व्यक्तिलाई रोक्ने भन्दै आलोचना भएको थियो ।
योग्यता पुगेको इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology