कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-२ झिलस्थित पूर्व-पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।
मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका-२ का भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते लेखराजको टाउको र छातीमा चोट लागेको थियो । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ९: २० बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन् ।
प्रहरीले मिनी ट्रकका चालक लम्कीचुहा नगरपालिका-२ का २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology