Logo

२०८३, आश्विन १७गते


images
images

दुर्घटना

ट्र्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु

images
  • ट्र्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु
    images
    images

    रौतहट । रौतहटको गढीमाई नगरपालिका-७ धरमपुरस्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार बिहान धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्र्याक्टरले आफ्नै घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरा ६ वर्षीय रितिक यादवलाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    ट्र्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकको गरुडा, रौतहटस्थित बेटर नेपाल अस्पतालमा उपचारका क्रममा बिहान १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे अस्पतालमार्फत प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कृष्णमोहनप्रसाद गुप्ताको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

    images
    images
    images

    प्रहरीका अनुसार घटनापछि चालक ट्र्याक्टर घटनास्थलमै छाडेर फरार भएका छन्। चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा अपराध अनुसन्धान तथा घटनास्थल अनुसन्धान टोलीसहितको टोली परिचालन गरिएको छ । प्रहरीले ट्र्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्र्याक्टर
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।