Logo

२०८३, आश्विन १७गते


images
images

दुर्घटना

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

images
  • झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
    images
    images

    झापा । झापाको बाह्रदशी गाउँपालिका-१ भागडुब्बास्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।

    images
    images
    images

    सोमबार बिहान भागडुब्बाबाट राजगढतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको प्र.१-०१-०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    दुर्घटनामा बाह्रदशी गाउँपालिका-४ का १८ वर्षीय मोटरसाइकल चालक करण राजवंशी र पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी घाइते भएका थिए। दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकोमा करणलाई चिकित्सकले दिउँसो १२: १० बजे मृत घोषणा गरेका थिए । घाइते अजयको अवस्था मध्यम रहेको छ ।

    images
    images
    images

    दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक बाह्रदशी गाउँपालिका-१ सालघारीका करिब ४१ वर्षीय धनबहादुर खड्कालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झापा
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।