Logo

२०८३, आश्विन १७गते


images
images

मौसम पूर्वानुमान : देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मौसम पूर्वानुमान : देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

images
  • मौसम पूर्वानुमान : देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का बर्षा भईरहेको र कोशी, मधेश, बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    images
    images
    images

    त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा बिहानपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।