Logo

२०८३, कार्तिक १२गते


images
images

मौसम पूर्वानुमान : हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

images
  • मौसम पूर्वानुमान :  हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना
    images
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने कार्तिक १२ गते (बिहीबार) देखि देशमा बङ्गालको खाडीमा विकसित चक्रवात "अर्नब" को पनि प्रभाव रहने जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै, हाल कोशी, मधेश र बागमती प्रदेश आंशिक बादल लाग्नेको छ र बाँकी प्रदेशमा मौसम मख्यतया सफा रहेको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का सम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    images
    images
    images

    त्यस्तै, राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भाग, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।