Logo

२०८३, कार्तिक १२गते


images
images

श्रीलंकासँग पाकिस्तान ८ विकेटले पराजित, सिरिजको फाइनलमा दुवै देश खेल्ने

श्रीलंकासँग पाकिस्तान ८ विकेटले पराजित, सिरिजको फाइनलमा दुवै देश खेल्ने

images
  • श्रीलंकासँग पाकिस्तान ८ विकेटले पराजित, सिरिजको फाइनलमा दुवै देश खेल्ने
    images
    images

    काठमाडौं । दिल्सान मदुशंकाको उत्कृष्ट बलिङ र कामिन्दु मेन्डिसको अविजित अर्धशतकको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई आठ विकेटले पराजित गरेको छ । लाहोरमा भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ११० रनमै समेट्दै १८.१ ओभरमा लक्ष्य पूरा गरेको हो ।

    images
    images
    images

    श्रीलंकाका मदुशंकाले ३४ रन खर्चेर पाँच विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो । साहान आराचिगेले दुई विकेट लिँदा असिथा फर्नान्डो, इशान मलिंगा र दुनिथ वेलालागेले एक–एक विकेट लिए ।

    images
    images
    images

    पाकिस्तानका बाबर आजमले सर्वाधिक २९ रन बनाए। तर अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा घरेलु टोली सामान्य योगफलमै समेटियो । पाकिस्तानको घरेलु मैदानमा बनेको यो दोस्रो न्यून एकदिवसीय योगफल हो ।

    images
    images
    images

    लक्ष्य पछ्याउने क्रममा कामिन्दु मेन्डिसले ६० बलमा अविजित ६२ रन बनाए । पवन रथनायकेले अविजित २३ रन जोड्दै श्रीलंकालाई जित दिलाए । यस जितसँगै श्रीलंकाले पाकिस्तानविरुद्ध लगातार पाँच खेलको हारको शृङ्खला पनि अन्त्य गरेको छ ।

    यो नतिजासँगै श्रीलंका र पाकिस्तानबीच फाइनलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । इंग्ल्यान्ड भने फाइनल दौडबाट बाहिरिएको छ । बिहीबार श्रीलंका र इंग्ल्यान्डबीच हुने खेलले फाइनलको समीकरणमा प्रभाव पार्ने छैन ।

    फाइनल खेल आगामी शनिबार लाहोरमा हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।