Logo

२०८३, आश्विन १७गते


images
images

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

images
  • नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
    images
    images

    काठमाडौं । 'सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी' भन्ने नारासहित चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ सञ्चालनमा आएको छ । 

    images
    images
    images

    काठमाडौंको नयाँबसपार्कमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशिल सिंह राठौरले रिबन काटेर सहायता कक्षको शुभारम्भ गरेका हुन् ।

    images
    images
    images

    विजया दशमी, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सुरक्षित, व्यवस्थित र सहज यात्रा गराउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता समूहको संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

    images
    images
    images

    नयाँबसपार्कसहित माछापोखरी, टोखा, तीनपिप्ले, भीमढुंगा, नाङ्लेभार, कलंकी, बल्खु, नागढुंगा, कोटेश्वर, चाबहिल, फर्पिङ, साँखु, चापागाउँ र जगाती गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ ।

    शुभारम्भ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले चाडपर्वका समयमा यात्रुको बाध्यता र चापलाई अनुचित आर्थिक लाभको अवसर बनाउन नहुने बताए। क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएभन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, टिकट नदिने, अनावश्यक शुल्क लिने वा यात्रुमाथि दुर्व्यवहार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए ।

    यात्रु सहायता कक्षबाट यात्रुको गुनासो सम्बोधन, भाडादरको निगरानी, फर्जी टिकटमाथि कारबाही, आधिकारिक व्यक्तिबाट टिकट जारी भए–नभएको जाँच तथा मनसुनजन्य विपद्का कारण सवारी आवागमन अवरुद्ध भए त्यसबारे जानकारी दिइनेछ। यात्रुको सुरक्षाका लागि आवश्यक सूचना तथा सचेतना पनि कक्षबाट उपलब्ध गराइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरे तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेलगायतको सहभागिता थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यात्रु सहायता कक्ष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।