Logo

२०८३, आश्विन १७गते


images
images

गुल्मीमा दशै-तिहार केन्द्रित यात्रु सहायता कक्ष स्थापना

गुल्मीमा दशै-तिहार केन्द्रित यात्रु सहायता कक्ष स्थापना

images
  • गुल्मीमा दशै-तिहार केन्द्रित यात्रु सहायता कक्ष स्थापना
    images
    images

    गुल्मी । गुल्मी जिल्लामा बिजयादशमी तथा तिहार पर्वलाई मध्येनजर गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालयले पर्व केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

    images
    images
    images

    दशैमा घर फर्किनेहरुको चाँप बढिसकेकाले जिल्लाको मुख्य प्रवेशद्धार रिडी बजारमा बुधबार सहायता कक्षको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले उद्घाटन गरे । सोही क्रममा बोल्दै शर्माले मौसमको जोखिमका बिच सडक दुर्घटना न्यूनिकरण गर्दै यात्रुको सहजीकरणको लागि सहायता कक्ष स्थापना गरिएको बताए ।

    images
    images
    images

    यात्रा सफल बनाउन यात्रु, चालक, सवारीधनीहरुको मुख्य भूमिका हुने भएकाले सवैको सहयोग आवश्यक रहेको बताए । साथै बजार, मेलाको व्यावस्थापनमा पनि सवैको सहयोग तथा सहजीकरण आवश्यक रहेको बताए । जिल्लाका बढी यात्रु चाँप हुने स्थानहरु रिडीसहित, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।

    images
    images
    images

    मुख्यत दशैं र तिहारमा स्वदेश तथा बिदेशबाट आउनेहरु यात्रु र यातयातको चापलाई व्यवस्थापन गर्न यात्रु सहायता कक्ष संचालन गरेर प्रहरीको निगरानी बढाइएको पोख्रेलले बताए । सवारी साधनको ओभरलोढ, यात्रुको असजिलो र भाडाको निगरानी सहायता कक्षबाट हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यात्रु सहायता कक्ष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।