राजतन्त्रको बिदावारी, गणतन्त्रको आगमन, नयाँ संविधान र दुईतिहाइ समर्थन सहितको बलियो सरकार बनेपछि नेपाली राजनीतिमा बनेका केही गलत धारणाहरु समाप्त भएका छन् ।
भजनेहरुले जति सुकै भजन गाएर फुलबुट्टा भर्दै चन्द्रलोक पुर्याए पनि २/४ बर्षको लागि मात्र हो। त्यस पछि सद्दाम र गद्दाफिकै गति यिनको पनि हुनेछ। हेक्का रहोस कुकुर बौलाए पछि उपचार गरिदैन सिधै मारिन्छ ।
पहिलो धारणा : हामीले संविधान जारी भएपछि भन्यौं - "अब नेपाली राजनीतिको संक्रमणकाल सकियो । राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गर्ने र उपलब्धि गुम्ने चरण अब सकियो । अब मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्छ ।"
तर होइन रहेछ । ओली आगमनले देखाइदियो, संक्रमणकाल सकिएको छैन, बरु अरू जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । यो महात्रुटि नसच्चिने हो भने पुन: संघर्षको चरणमा राजनीति प्रवेश गर्नेछ ।
दोस्रो धारणा : गत चुनावबाट बलियो सरकार बनेपछि धेरैले ठानेका थिए। अब मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व आयो । दुई ठूला कम्युनिस्ट पार्टीबीच चुनावी सहकार्य भयो । चुनावमा भारी बहुमत आयो । पार्टी पनि मिल्यो, बलियो कम्युनिस्ट जनमत भएको मुलुकका जनता पुलकित भए ।
लामो राजनीतिक अस्थिरताले ग्रस्त मुलुकमा अब स्थायित्व आयो भन्ने बुझाइ पनि ओली कदमले गलत नै बनाइदियो । राजनीतिक अंकगणितले मात्रै स्थायित्व नल्याउने रहेछ । राजनीतिक अस्थिरताका लागि त एउटा व्यक्तिको दम्भ नै काफी रहेछ भन्ने ओलीले देखाइदिए ।
तेस्रो धारणा : हामीलाई लाग्थ्यो, निरंकुशता वा अधिनायकवादका स्रोत सैनिक बलसहितका राजा–महाराजाहरु हुन् । प्रतिगमनको खतरा देख्दा हामी सधैं त्यतैतिर चियाउँथ्यौं । दक्षिणपन्थी शक्तितिर औंलो तेर्स्याइन्थ्यो । ओली र राष्ट्रपति विद्या भण्डारीले देखाइदिए— सामान्य पृष्ठभूमि, संघर्षको इतिहासबाट राजनीतिमा आएकाहरू पनि सत्ता र शक्ति उन्मादमा ‘नग्न’ हुन सक्दा रहेछन् ।
कहिलेकाही सोध्न मन लाग्छ, के यी तिनै ओली हुन्, जो निरंकुशताका विरुद्ध चौध वर्ष जेल बसेका थिए ? के यी तिनै विद्या भण्डारी हुन्, जो कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा ल्याउने मदन भण्डारीकी सहयात्री थिइन् ? के यी तिनै ओली हुन्, जो साम्यवाद, समाजवाद र वर्गसंघर्षका कुरा गर्थे र अस्ति सत्तामा नहुँदाका दिनसम्म पनि मुलुक विधिसम्मत र संविधानसम्मत चल्नुपर्छ भन्थे । केपी शर्मा ओली र विद्या भण्डारीले नयाँ दृष्टान्त बनाए, सामान्य पृष्ठभूमिबाट उठेर जनताको मत पाएको व्यक्ति पनि तानाशाह बन्न सक्दो रहेछ ।
तर ओलीले बिर्सेका छन्, तानाशाही प्रवृत्तिको आयु लामो हुँदैन । उनको कदमले संविधान, वर्तमान राजनीतिले मात्रै मूल्य चुकाउनेछैन, स्वयं उनका लागि पनि यो आत्मघाती कदम हुनेछ ।
२००७ सालपछिको नेपालकै राजनीतिक घटनाक्रमले पटक–पटक पुष्टि गरेको छ, तानाशाही धेरै टिक्दैन । जनमतका सामु कुनै पनि तानाशाहले घुँडा टेक्नैपर्छ ।
खरो बोल्यो भन्नू होला : सद्दाम हुसैन र गद्दाफिको जे गति, नेपालका तानाशाहहरुको त्यही गति हुनेवाला छ । नेपालका तानाशाहहरुको पनि त्यही गति हुने लक्षण देखिदैछ। दुस्कर्मले गाँजे पछि त्यो मान्छे स्वदेशको मात्र होईन बिदेशको पनि हुन सक्दैन। यस्ता मान्छेहरुको बिकारुपनका कारण तिनलाई त्यस्तो कृत्य गर्न उक्साउने ( अमेरिका, भारत वा अन्य ) को पनि हुन सक्दैन।
भजनेहरुले जति सुकै भजन गाएर फुलबुट्टा भर्दै चन्द्रलोक पुर्याए पनि २/४ बर्षको लागि मात्र हो। त्यस पछि सद्दाम र गद्दाफिकै गति यिनको पनि हुनेछ। यति कुरा बुझ्न नेपालीहरु किन आनाकानि गर्छन ?
हेक्का रहोस कुकुर बौलाए पछि उपचार गरिदैन सिधै मारिन्छ ।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology