Logo

२०८३, आश्विन ९गते


images
images

निषेधित क्षेत्र तोडेपछि माइतिघरबाट गोविन्द केसीसहित ७ जना पक्राउ

निषेधित क्षेत्र तोडेपछि माइतिघरबाट गोविन्द केसीसहित ७ जना पक्राउ

images
  • निषेधित क्षेत्र तोडेपछि माइतिघरबाट गोविन्द केसीसहित ७ जना पक्राउ
    images
    images

    काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीसहित सात जना माइतीघर मण्डलबाट पक्राउ परेका छन् ।

    images
    images
    images

    विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    माइतीघर मण्डल हाल निधेषित क्षेत्र हो । तर, केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिए ।

    images
    images
    images

    उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने माग राखेका छन् ।

    यसका साथै गेटामा भएको सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागबन्डाको अन्त्य गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्ने, सरकारी अस्पतालमा दरबन्दी थप गर्नुपर्ने र औषधि नि:शुल्क गर्नुपर्ने माग उनले राखेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. गोविन्द केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।