देवदह । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) देवदह नगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीको विशेष नगर अधिवेशन कार्यदलका संयोजक ध्रुवप्रसाद खरेलको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले देवदह नगर कमिटीको विशेष नगर अधिवेशन माघ १३ गते गर्ने निर्णय गरेको छ । विशेष नगर अधिवेशनमा सहभागिको लागि १२ वटै वडामा एकै दिन छनोट गर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधि छनोटको लागि माघ ६ गते शाखा भेला गर्ने निर्णय गरेको संयोजक खरेलले जानकारी दिए ।
यसैगरी बैठकले विशेष नगर अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ । बैठकले अधिवेशन सम्पन्न गर्न अधिवक्ता डासीराम पाण्डेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ ।
बैठकमा केन्द्रिय सचिव विश्वकर्मा, पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने, प्रदेश कमिटी सदस्य जानकी न्यौपाने, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिव यज्ञप्रसाद गैरे, कार्यदलका सहसंयोजक एवं प्रदेश कमिटी सदस्य विद्यालक्ष्मी गुरुङ्ग, देवदह ईन्चार्ज यम राना लगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology