Logo

२०८३, आश्विन ९गते


images
images

पपुवा न्युगिनीमा हिंसा १५ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा १४ दिन संकटकालको घोषणा

पपुवा न्युगिनीमा हिंसा १५ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा १४ दिन संकटकालको घोषणा

images
  • सेतोमसी सहकर्मी
  • पपुवा न्युगिनीमा हिंसा १५ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा १४ दिन संकटकालको घोषणा
    images
    images

    पोर्ट मोरेस्वी, पपुवा न्युगिनी । सरकारले कम तलब दिएको भन्दै पपुवा न्यु गिनीका सरकारी कर्मचारी, सेना र प्रहरीको एक समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दा १५ जनाको मृत्यु भएको छ भने दुई दर्जन बढि गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    बुधबार दिउँसो राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी, जेलगार्ड लगायत सरकारी कर्मचारीको समूहले सरकारविरुद्ध प्रदर्शन सुरु गरेको थियो । त्यसपछि अन्य स्थानियहरु समेत सामेल भएर प्रदर्शन गर्न थालेपछि हिंसा भड्किएको थियो। राजधानीबाट ३०० किमि उत्तरतर्फ रहेको ले सहरमा पनि बिहीवार दिनभरी जसो दङ्गा र प्रदर्सन भड्किएको थियो । दंगा भड्किएपछि प्रधानमन्त्री जेम्स मारापेले १४ दिनका लागि आपतकाल घोषणा गरेका छन् ।

    images
    images
    images

    प्रहरी र अन्य सरकारी कर्मचारीहरुको पछिल्लो तलब ५० प्रतिशतसम्म घटेर आएको थाहा पाएपछि बुधबार संसद बाहिर पनि विरोध र प्रदर्शन सुरु भएको थियो । यहि प्रदर्शनमा स्थानियले मौका छोपेर पसल लुट्ने, पसलमा तथा सवारी साधनमा आगो लगाउने र एटिएम मेसिनहरु समेत तोडफोड गरेका थिए ।

    images
    images
    images

    राजधानीका पसलहरूमा लुटेराहरू पसेर सामान किन्दा प्रयोग गरिने ट्रली र प्लाष्टिकका बाल्टिनहरूमा लुटेका सामानहरू भरेर लिएर गएका थिए । कोहिले निर्धक्क सङ्ग गाडिमै लोड गरेर लगेका थिए । जुन फोटो भिडियोहरु अहिले सामाजिल संजालमा भाइरल भएका छन ।

    बुधबार दिउसोबाट हिंसा भड्किए पछी केही सांसदहरुले सरकारलाइ दिएको समर्थन फिर्ता लिदै सरकार बाट बाहिरिएको घोषणा गरेका छन । अहिले सम्म ७ जनाले राजिनामा दिएका छन भने अरुले समेत समर्थन फिर्ता लिने अनुमान गरिएको छ ।

    प्रधानमन्त्री जेम्स मारापेले बिहीबार पत्रकार सम्मेलन गरि देशवासिका नाममा सम्बोधन गर्दै माफी मागेका छन । साथै उनले अराजकता’ ‘सह्य नहुने’ बताएका छन् । साथै मारापेले यस प्रक्रियाको निरीक्षणको लागि जिम्मेवार चारै विभागीय प्रमुखहरू सोही अवधिको लागि निलम्बन गरेका छन ।

    निलम्बित व्यक्तिहरूमा प्रहरी आयुक्त डेभिड म्यानिङ, डीपीएम सचिव टाइस सानसान, अर्थ सचिव साम पेनियास र ट्रेजरी सेक्रेटरी एन्ड्रयु ओएके छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पपुवा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।