काठमाडौं । कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य तथा जनसंखया मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी माननीय
उमेश श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।’

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology