Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट

नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट

images
  • नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट
    images
    images

    काठमाडौं । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ ।

    images
    images
    images

    आज तीन सय कम्पनीको तीन करोड ३५ लाख २५ हजार सात सय दुई कित्ता शेयर दुई लाख १० हजार चार सय ७१ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ ।

    images
    images
    images

    आज बैंकिङ समूह शून्य दशमलव ४०, विकाश बैंक शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव २८ र अन्य समूह एक दशमलव ९४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५१ र जलविद्युत समूह दुई दशमलव ८० प्रतिशतले घटेको छ ।

    images
    images
    images

    ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल वेयर हाउसिङ लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्कीट लागेको छ ।

    कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ६५ करोड ८४ लाख ९० हजार दुई सय ८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल ग्रोथ फन्डको १५ लाख २७ हजार नौ सय ५० किता सेयर कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।