काठमाडौं । नेपालको लागि टिभिएसको वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना ल्याएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले विशेष छुट सहित 'तिमी, म र टिभिएस’ योजना लाएको जनाएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा सात हजारसम्मको नगद छुट पाउन सक्ने जनाएको छ । योजना एनटोर्क, रेडर, अपाचे १६० २ भी, अपाचे १६० ४ भी, अपाचे २०० ४ भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुनेछ ।
जगदम्बा मोटर्सका नेपालभर १४० भन्दा बढी डिलर रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology