Logo

२०८३, कार्तिक २७गते


images
images

बझाङको थलारामा वडामै योजना सम्झौता

बझाङको थलारामा वडामै योजना सम्झौता

images
  • बझाङको थलारामा वडामै योजना सम्झौता
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङको थलारा गाउँपालिकाले वडामै योजना सम्झौताको काम सुरू गरेको छ ।  वडा र पालिकाबाट बिनियोजन रकमको  योजना सम्झौता गर्न उपभोक्ता समितिले सास्ती खेप्नु परेपछि पालिकाले वडामै योजना सम्झौता सुरु गरेको हो ।

    images
    images
    images

    वडाबाट सम्झौता गर्न पालिकामा जाँदा सबै कागजपत्र नपुग्ने र नगद समेत खर्च हुने गरेकोले गाउँवासीको सहजताको लागि गाउँपालिकाको टिम नै प्रत्येक वडा कार्यालयमा पुगेर सम्झौता गर्न सुरु गरिएको पालिकाले जनाएको छ । 

    images
    images
    images

    पालिकाबाट बिनियोजन गरेको सबै योजनाको सम्झौता वडा कार्यालयबाट भएपछि स्थानिय खुसी भएको वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बहादुर बिष्टले बताए । 

    images
    images

    वडामै सम्झौता गर्दा उपभोक्ताहरुको समयको बचत हुनुका साथै नागरिकले सिहँदरबारको अधिकार गाउँघरमा पुगेको अनुभुती समेत गर्न पाउने भएकोले  वडामै योजना सम्झौता सुरू गरिएको प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितले बताए । वडा नम्बर १ देखि ९ सम्म नै पालिकाको टिम पुगेर सम्झौता गर्ने उनको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # योजना सम्झौता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।