काठमाडौँ । अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । धेरै प्रेम जोडिहरुको यो महत्वपूर्ण दिन पनि हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।
७ फेब्रुअरी रोज डे, ८ फेब्रुअरी प्रपोज डे, ९ फेब्रुअरी चकलेट डे, १० फेब्रुअरी टेडी डे, ११ फेब्रुअरी प्रोमिस डे, १२ फेब्रुअरी हग डे, १३ फेब्रुअरी किस डे, हुँदै अन्तिम दिन फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ।
यसअन्तर्गत आज टेडी डे हो । यस दिन आफ्नो मायालुलाई विभिन्न प्रकारका रंगका टेडीहरु दिएर आफ्नो माया र सम्बन्ध प्रगाढ बनाउने गर्छन् ।
भ्यालेन्टाइन डेको चौथो दिन अर्थात् टेडी डे जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । आज त्यो दिन हो जब दम्पतीहरूले एक अर्कालाई मायासँगै टेडी बियर अर्थात् ‘गुडिया’ उपहार दिन्छन् ।
प्रेम र स्नेह देखाउन जोडीहरूले एक अर्कालाई टेडी बियर दिने पार्टनरलाई उनीहरूको प्रेमको व्याख्या गर्न सजिलो हुन्छ भन्ने विश्वास गरिन्छ।
यससँगै उनीहरूले उपहारसँगै हृदयमा प्रभाव पार्ने मौका प्राप्त गर्दछन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology