Logo

२०८३, आश्विन ९गते


images
images

प्रणय सप्ताह सुरू, गुलाफको बिक्री बढ्यो, किन मनाइन्छ 'रोज डे' ?

प्रणय सप्ताह सुरू, गुलाफको बिक्री बढ्यो, किन मनाइन्छ 'रोज डे' ?

images
  • प्रणय सप्ताह सुरू, गुलाफको बिक्री बढ्यो, किन मनाइन्छ 'रोज डे' ?
    images
    images

    काठमाडौं । आजबाट प्रेमीप्रमिकाहरूको लागि सुखद सप्ताह अर्थात् भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । आज पहिलो दिन रोज डे । रोज डेको दिन आफ्ना प्रेमी वा प्रेमिकालाई तथा मन पराइएको व्यक्ति(क्रस)लाई प्रेम दर्शाउन गुलाबको फूल दिने गरिन्छ ।

    images
    images
    images

    आजकाे दिनबाट सात दिनसम्म आफ्ना प्रेमी/प्रेमिकालाई दिनहुँजस्ताे विभिन्न तरिकाले प्रेम दर्शाउने गरिन्छ । काठमाडौं उपत्यकासहित देशका ठुला सहरहरूमा गुलाफको बिक्री बढेको छ ।

    images
    images
    images

    काठमाडौंको पेटीहरूमा गुलाफ किन्नेहरू देखिन्छन् भने पोखरा, धरान, नारायणगढ, बुटवल लगायत सहरहरूमा पनि गुलाफको खपत बढेको छ ।

    images
    images
    images

    किन मनाइन्छ रोज डे ?

    रोज डेमा, मानिसहरूले आफ्नो मनपर्ने मानिससँग आफ्नो प्रेम व्यक्त गर्छन् । गुलाफको फूललाई आफ्नो भावना व्यक्त गर्ने प्रतीककाे रूपमा मानिन्छ । इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको पतिले रातो गुलाफ दिइएको मानिन्छ । उनलाई त्यो रातो गुलाफ धेरै मन परेपछि उनका पतिले नूरजहाँको मन खुसी पार्न हरेक दिन उनको दरबारमा ताजा गुलाफ पठाउने गर्थे ।

    अर्को विश्वास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो । भिक्टोरियन र रोमनियनहरूले पनि गुलाफको साथ आफ्नो प्रेम व्यक्त गर्थे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोज डे
  • # प्रणय सप्ताह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।