Logo

२०८३, आश्विन ९गते


images
images

भ्यालेनटाइन टिप्स

आज रोज डे: प्रियसीलाई कस्तो गुलाफ दिने ? (भ्यालेनटाइन टिप्स)

आज रोज डे: प्रियसीलाई कस्तो गुलाफ दिने ? (भ्यालेनटाइन टिप्स)

images
  • आज रोज डे: प्रियसीलाई कस्तो गुलाफ दिने ? (भ्यालेनटाइन टिप्स)
    images
    images

    काठमाडौं  । फेब्रुअरी महिनालाई प्रेमको महिना भनिन्छ । भ्यालेनटाइन सप्ताह  सुरु भईसकेको छ । आज भ्यालेनटाइन सप्ताहको पहिलो दिन अर्थात रोज डे हो ।

    images
    images
    images

    रोज डे को दिन तपाई आफ्नो प्रेमि प्रेमिकालाई रातो गुलाफ दिएर आफ्नो प्रेम सम्बन्ध अझ प्रगाढ बनाउन सक्नुहुन्छ ता कि तपाईको सम्बन्ध पनि सधैं रातो गुलाफ जस्तै सुन्दर रहि रहन्छ । रातो गुलाफलाई हर सुन्दर चिज तुलना गर्ने गरिन्छ ।

    images
    images
    images

    आजको दिन युवायुवतीहरुको लागि बिशेष मानिन्छ । आजको दिन प्रेमिल जोडीहरु एकअर्कालाई रातो गुलाब दिएर आफ्नो भावना र प्रेम साटासाट गर्ने गर्दछन् । रोज डे को दिन तपाई आफूले माया गरेको व्यक्तिलाई मात्र नभएर आफ्नो नजिकको साथी भाईहरुलाई पनि भावना र आत्मियता अनुसारका रङको गुलाफ दिन सक्नु हुन्छ । रातो गुलाफ स्विकार गरेमा प्रेम स्विकार भयो भन्ने बुझिन्छ ।

    images
    images
    images

    रातो गुलाफ: आज विशेष गरि रातो गुलाफलाई खास मानिन्छ । रातो गुलाफलाई प्रेमको प्रतीकको रुपमा लिने गरिन्छ । रोज डे को दिन आफूलाई मनपरेको मानिसलाई रातो गुलाफ दिएर आफ्नो भावना साट्ने गरिन्छ ।  रातो गुलाफलाई प्रेमको प्रतिकको रुपमा लिइन्छ । यदि तपाई कसैलाई चोखो माया गर्नुहुन्छ भने तपाई रातो गुलाफ दिएर उसलाई आफ्नो मनको भावना व्यक्त गर्न सक्नु हुन्छ र रातो गुलाफ स्विकार भएरमा प्रेम स्विाकार भयो भन्ने बुझिन्छ ।

    पहेलो गुलाब: पहेलो गुलाब दोस्ती र खुसीको प्रतिक हो । तपाई आफ्नो नजिकको मिल्ने साथी जसलाई तपाई कहिल्यै गुमाउन चाहन्नु हुृन्न उसलाई पहेलो गुलाफ उपहार दिन सक्नु हुन्छ ।

    पिंक गुलाफ: पिंक गुलाफलाई नम्रता, मित्रता, कृतज्ञता र नयाँ सम्बन्धको सुरुवातको रुपमा लिइन्छ । आज तपाई कोहि मानिसलाई पहिलोपटक भेट्दै हुनुहन्छ भने आफ्नो साथमा पिंक गुलाफ लैजान नभुल्नु होस ।

    सेतो गुलाफ: सेतो गुलाफले शुद्धता, निर्देष र विना शर्तको प्रेमलाई दर्शाँउछ ।

    ओरेन्ज गुलाफ: ओरेन्ज अर्थात सुन्तला कलरको गुलाफले मोह र उत्साहको प्रतिनिधित्व गर्दछ ।

    कालो गुलाफ: कालो रंगको गुलाफले पनि तपाईको भावनालाई व्यक्त गर्दछ । कालो गुलाफलाई भने दुश्मनीको प्रतिक मानिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।