काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतकी अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री कर्स्टी म्याकनिलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल र बेलायतबीच बढ्दो द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
भेटमा विशेषगरी विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology