Logo

२०८३, आश्विन १०गते


images
images

महामारी रोकथाम तथा तयारीका लागि विश्वव्यापी सहयोग घट्नु चिन्ताजनक: परराष्ट्रमन्त्री खनाल

महामारी रोकथाम तथा तयारीका लागि विश्वव्यापी सहयोग घट्नु चिन्ताजनक: परराष्ट्रमन्त्री खनाल

images
  • महामारी रोकथाम तथा तयारीका लागि विश्वव्यापी सहयोग घट्नु चिन्ताजनक: परराष्ट्रमन्त्री खनाल
    images
    images

    काठमाडौँ । स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग घट्दै जाँदा र महामारीको पूर्वतयारीका लागि छुट्याइने बजेटमा दबाब बढ्दै गएपछि नेपालजस्ता देशले हासिल गरेका महत्वपूर्ण स्वास्थ्य क्षमता जोखिममा परेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघको मुख्यालयमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा आयोजित महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले एउटा देशको स्वास्थ्य सुरक्षामा देखिने कमजोरीले सबैलाई जोखिममा पार्ने बताएका हुन् ।

    images
    images
    images

    उनले महामारी कोषको सहयोगमा नेपालले रोग निगरानी प्रणाली, स्वास्थ्य प्रयोगशाला तथा तत्काल प्रतिकार्य गर्ने क्षमता सुदृढ गरेको जानकारी गराएका छन् । मन्त्री खनालले महामारीबाट विश्वलाई सुरक्षित बनाउन तीन विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    उनले सबैका लागि समयमै र सुलभ रूपमा खोप, रोग पहिचान गर्ने परीक्षण तथा उपचारको पहुँच सुनिश्चित गर्न महामारीसम्बन्धी सम्झौता छिटो पूरा गर्नुपर्ने बताएका छन् । त्यस्तै, महामारीको पूर्वतयारीलाई विश्वव्यापी सार्वजनिक हितका रूपमा लिएर आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने र स्वास्थ्य आपत्कालका समयमा आप्रवासी श्रमिकको सुरक्षा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    'स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग घट्दै जाँदा र पूर्वतयारीका बजेटमा दबाब बढ्दा नेपालजस्ता देशले हासिल गरेका महत्वपूर्ण क्षमता जोखिममा छन् । एउटा देशको प्रतिरक्षामा रहेको कमीले हामी सबैलाई जोखिममा पार्छ,' मन्त्री खनालले बैठकमा बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।