Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा

पोखरा महानगरपालिकाको १४ औँ नगरसभा

images
  • पोखरा महानगरपालिकाको १४ औँ नगरसभा
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाको १४ औँ नगरसभा जारी छ । पौष २९ गते सुरु भएको नगरसभा पोखरा सभागृहमा माघ २७ गते शुक्रबार पुनः बसेको हो । शुक्रबारको सभामा विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गरिएका छन् । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक प्रस्तुत भएको हो । 

    images
    images
    images

    यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटले सार्वजनिक लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत भएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्न गठित समितिले समेत आफ्नो प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेको छ । समितिका संयोजक समेत रहेका वडा नं.४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले समितिको प्रतिवेदन छलफलका लागि सभामा प्रस्तुत भएको हो । आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्नका लागि २९ पौषको सभाले अध्यक्ष पराजुलीको संयोजकत्वमा १३ सदस्यीय विशेष समिति गठन गरेको थियो । 

    images
    images
    images

    आर्थिक ऐनमा भएका व्यवस्थाका सम्बन्धमा समितिले विभिन्न सरोकारवाला निकाय तथा विज्ञहरू समेतसँग छलफल गरी तयार गरेको प्रतिवेदन बिहीबार कार्यपालिकाबाट पास गरी शुक्रबार आवश्यक सुझाव सहित अनुमोदनका लागि नगरसभामा पेस गरेको हो । यसको टुङ्गो भने २८ गते आइतबार बस्ने नगरसभाको अर्को बैठकले लगाउने सभाका अध्यक्ष एवं नगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार सभामा पेस भएका विधेयक तथा प्रतिवेदन माथि आइतबार गहन छलफल हुनेछ । 

    images
    images
    images

    विधायन समितिको तर्फबाट पेस गरिएका विधेयकहरू, न्यायिक समितिको प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन, आर्थिक ऐन अध्ययन विशेष समितिले पेस गरेको प्रतिवेदन माथि छलफलका लागि ४४ जना नगरसभा सदस्यहरूले नाम टिपाएका छन् । उनीहरूले आइतबारको बैठकमा आ–आफ्नो धारणा राख्नेछन् । शुक्रबारको बैठकमा दलका नेताहरू नेपाली काँग्रेसको तर्फबाट दलका नेता दिवसमान प्रधानाङ्ग र नेकपा एमालेको तर्फबाट दलकी नेतृ राधिका कुमारी शाही योगीले भनाइ राख्नेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।