देवदह । रुपन्देहीको देवदहमा अन्तर विद्यालय शिक्षक, कर्मचारी भलिवल प्रतियोगिता शुरु भएको छ । देवदह मदरटङ्गस एकेडेमीले आफनो २५औं बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा देवदह क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको एक कार्यक्रमका वीच प्याव्सन रुपन्देहीका सहसचिव बोधराज गौडेलले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै गौडेलले शिक्षाको विकासमा नीजि विद्यालयहरुको अहं भूमिका रहेपनि नीजि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले नीजि क्षेत्रले शिक्षामा गरेको लगानी राज्यले संरक्षण गर्नुपर्ने बताउदै सामुदायिक र संस्थागत विद्यालयलाई सम्मानजनक तरिकाले व्यवहार गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतले भनाई राखेका थिए ।
विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गको स्वागत र सहायक प्रिन्सिपल यमलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगिता अर्न्तगत भएको खेलमा सेभेनस्टार बोडिङ्ग स्कुल, देवदह मदरटङ्गस एकेडेमी, न्यू लुम्विनी बोडिङ्ग स्कुल, देवदह बोडिङ्ग स्कुल दोश्रो चरणमा प्रवेश गरेको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology