Logo

२०८३, श्रावण २७गते


images
images

प्रधानमन्त्री स्वरोजगारको रकम जनप्रतिनिधिको झोलामा !

नक्कली श्रमिक बनाएर प्रधानमन्त्री स्वरोजगारको रकम जनप्रतिनिधिले 'झ्वाम' पारेपछि उजुरी 

नक्कली श्रमिक बनाएर प्रधानमन्त्री स्वरोजगारको रकम जनप्रतिनिधिले 'झ्वाम' पारेपछि उजुरी 

स्थानीयवासीहरुका अनुसार ३ सय ११ जनालाई मात्र काममा लगाईएकाले किर्ते कागज बनाएर रकम हिनामिना पार्न खोजिएको आरोप लगाएका छन् । वडा कार्यालयले ३ सय ६७ जनालाई रकम दिएको भनी जिल्ला प्रशासनमा कागजात पेश गरेको छ । 
images
  • सेतोमसी सहकर्मी
  • नक्कली श्रमिक बनाएर प्रधानमन्त्री स्वरोजगारको रकम जनप्रतिनिधिले 'झ्वाम' पारेपछि उजुरी 
    images
    images

    दीपेन्द्र खत्री, अर्घाखाँची – मालारानी गाउँपालिका वडा नम्बर–४ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसामा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । पालिकासंग सम्झौता भएको भन्दा तेब्बर बढीलाई काममा लगाएर दिनुपर्ने पारिश्रमिक नदिएको भन्दै श्रमिकबाट गुनासो आएपछी कुरा बाहिरिएको हो । 

    images
    images
    images

    वडा भित्र रहेका १ सय १० जनालाई न्युनतम एक सय दिनको रोजगार दिने पालिकासंग सम्झौता भएपनि वडा कार्यालयले नियम विपरित तीन गुणा बढीलाई काममा लगाइएको थियो । मालारानीको ४ नम्बर वडा कार्यालयमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि छानबिन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । वडा अध्यक्ष, वडा सचिव लगायत उक्त कार्यक्रममा संलग्न रहेका सबैलाई बोलाएर मौखिक जवाफ लिईएको र कार्यक्रमको फाइल तानेर अनुसन्धान प्रकृया सुरु गरिएको उनको भनाई छ । ‘उजुरी परेपछी छानबिन प्रक्रिया अँगाडी बढेको छ, सहायक प्रजिअ थापाले भने,‘गलत गरेको भेटिएमा कानून अनुसार कारवाही हुन्छ ।’ 

    images
    images
    images

    वडामा एकसय १० जनालाई न्युनतम सय दिनको रोजगारी दिने भनेर ५६ लाख ३० हजार एकसय ३० रुपैयाँ विनियोजन भएको थियो । स्थानीयवासीहरुका अनुसार ३ सय ११ जनालाई मात्र काममा लगाईएकाले किर्ते कागज बनाएर रकम हिनामिना पार्न खोजिएको आरोप लगाएका छन् । वडा कार्यालयले ३ सय ६७ जनालाई रकम दिएको भनी जिल्ला प्रशासनमा कागजात पेश गरेको छ । 

    images
    images
    images

    स्थानीय विकास खनालका अनुसार तिनसय ६७ नभएर तिन सय ११ जनालाई मात्र रकम दिएको र बाँकी रकम हिनामिना गर्न खोजेको र जनगुनासो बढेपछि किर्ते कागजात बनाएकोे आरोप लगाए । ‘हामीले सुरुदेखी निगरानी गरिरहेका थियौं, उनले भने,‘गाउँमा कस्ले रोजगारी पायो कस्ले पाएन ? हामी अपडेट नै छौं । सरासर भ्रष्टाचार गर्न खोजियो ।’ युवाहरु कागजात माग्न वडा कार्यालयमा जाँदा वडा अध्यक्ष, सचिव कसैसंग भेट हुन नसकेको स्थानीय सोमपाल विश्वकर्माले बताए । 

    वडा नम्बर–४ मा एकसय १० जनालाई स्वरोजगार दिनका लागि गरिएको सम्झौता अनुसार प्रत्येक श्रमिकको बैंक खाता खोलेर खातामै ५१ हजार १ सय ८३ का दरले रकम जम्मा गरिएको रोजगार संयोजक महेश भुसालले बताए । कार्यक्रममा भएको स्टीमेट र मुल्यांकनका आधारमा अनुगमन गरेर सबै श्रमिकको बैंक खातामा रकम पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए । उनले वडा नम्बर–४ मा एकसय १० जनाको खातामा न्युनतम एकसय दिनको दरले रोजगार दिएर रकम भुक्तानी गरेको बताएका छन् । 

    एकसय १० जनालाई सम्झौता गराएपनि व्यवहारिक रुपमा वडा भित्र रहेका तीन सय ६७ जनालाई एक महिनाका दरले काम लगाएर १५ हजार ५ सयका दरले रकम दिएको वडा अध्यक्ष विष्णुप्रसाद पोख्रेलले बताए । उनले एक सय १० जनाबाट व्यवहारिक रुपमा सबैलाइ मिलाएर रकम दिएको बताएका छन् । पालिकाले सम्झौता बमोजिमको रकम श्रमिकको खातामा राखिदिएपनी वडा कार्यालयले सबैको खाताबाट रकम निकालेर फेरी वितरण गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।