Logo

२०८३, आश्विन २६गते


images
images

दुर्घटना

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

images
  • अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते
    images
    images

    अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ मथुरास्थित सन्धिखर्क-तम्घास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

    images
    images
    images

    बल्कोटबाट सन्धिखर्कतर्फ रोलर बोकेर जाँदै गरेको लु.४ त ७९१७ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउँदै गरेको लु.७२ प २०६३ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो ।

    images
    images
    images

    दुर्घटनामा ट्याक्टरले च्यापिएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२, सोमडीका करिब २२ वर्षीय सहचालक गणेश रास्कोटी मगर गम्भीर घाइते भएका थिए । उनलाई जेसीबीको सहायताले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याइएकोमा चिकित्सकले दिउँसो १२ः१० बजे मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    दुर्घटनामा ट्याक्टर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ का २६ वर्षीय पुण्यप्रसाद थारु घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ ।

    मोटरसाइकल चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४, केरुङ्गाका ४१ वर्षीय सञ्जय पाण्डे भने सकुशल रहेका छन् । दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

    घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान गरेको छ । प्रारम्भिक विवरणअनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र नभएको उल्लेख छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।