Logo

२०८३, आश्विन २३गते


images
images

दुर्घटना

पोखरामा स्कुल बस दुर्घटना

पोखरामा स्कुल बस दुर्घटना

images
  • पोखरामा स्कुल बस दुर्घटना
    images
    images

    पोखरा । कास्कीको पोखरा महानगरपालिका-२८, कालिकास्थानमा आज बिहान एउटा स्कुल बस दुर्घटनामा परेको छ ।

    images
    images
    images

    सौर्यमाझठानाबाट विद्यार्थीहरू लिएर कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको समयमा बसमा करिब २१ जना विद्यार्थी सवार थिए ।

    images
    images
    images

    दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य तीव्र पारेको छ । हालसम्म ५ जना घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइसकिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # स्कुल बस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।