काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यका र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा २९ जना, काठमाडौँ उपत्यकामा १८ जना, सुदूरपश्चिममा ४ जना, बागमतीमा ७ जना घाइते भएका छन् भने लुम्बिनीमा ३६ जना, कर्णालीमा ४ जना र गण्डकीमा २० जना घाइते भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology