Logo

२०८३, आश्विन १८गते


images
images

दुर्घटना

नवलपरासी पूर्वमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नवलपरासी पूर्वमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

images
  • नवलपरासी पूर्वमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
    images
    images

    नवलपरासी पूर्व । विनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले चलाएका थिए। ट्याक्टर अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएर सडकबाट खसेको थियो ।

    images
    images
    images

    दुर्घटनामा घाइते मगरलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएको थियो । अस्पतालमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।