Logo

२०८३, आश्विन १७गते


images
images

दुर्घटना

बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, आठ जना घाइते

बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, आठ जना घाइते

images
  • बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, आठ जना घाइते
    images
    images

    सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

    images
    images
    images

    बुधबार बिहान काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा १ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । प्रहरीले दुर्घटनामा घाइते भएका आठै जनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएको छ । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिहान ९ बजे धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।