Logo

२०८३, आश्विन २६गते


images
images

बूढीगण्डकी बाढी

बूढीगण्डकी बाढी प्रभावित आरुघाट क्षेत्रमा पुगे कुलमान घिसिङ

बूढीगण्डकी बाढी प्रभावित आरुघाट क्षेत्रमा पुगे कुलमान घिसिङ

images
  • बूढीगण्डकी बाढी प्रभावित आरुघाट क्षेत्रमा पुगे कुलमान घिसिङ
    images
    images

    गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेको गोरखाको आरुघाट क्षेत्रको कुलमान घिसिङले आज स्थलगत निरीक्षण गरेका छन् । बाढीले आरुघाट क्षेत्रका सडक, पुललगायत भौतिक संरचनामा क्षति पुर्‍याउँदा स्थानीय जनजीवन, आवागमन र दैनिक गतिविधिमा कठिनाइ उत्पन्न भएको छ ।

    images
    images
    images

    घिसिङले क्षतिको यथार्थ आकलन गरी अवरुद्ध संरचनाको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको पहिलो प्राथमिकता मानवीय जीवनको रक्षा, प्रभावितको उद्धार र पीडितलाई तत्काल राहत उपलब्ध गराउनु रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    घिसिङले सम्बन्धित निकाय, सुरक्षा संयन्त्र, स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणलाई आपसी समन्वय र सहकार्यका साथ उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् ।

    images
    images
    images

    विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिन र सबै मिलेर उद्धार, राहत तथा पुनःस्थापनामा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बूढीगण्डकी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।