Logo

२०८३, आश्विन २६गते


images
images

विश्वकप लिग- २: क्यानडालाई हराउदै सिरिजमा नेपालको विजयी शुरुवात

विश्वकप लिग- २: क्यानडालाई हराउदै सिरिजमा नेपालको विजयी शुरुवात

images
  • विश्वकप लिग- २: क्यानडालाई हराउदै सिरिजमा नेपालको विजयी शुरुवात
    images
    images

    काठमाडौं । ओमानमा जारी आइसीसी विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ ।

    images
    images
    images

    नेपालले आइतबार सम्पन्न खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको २३६ रनको लक्ष्य पछाएको क्यानडाले ४८.४ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो ।

    images
    images
    images

    क्यानडाका लागि एरोन जोनसनले सर्बाधिक ४४ रन बनाए भने समित पटेलले ३५, अखिल कुमारले अविजित ३० र श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले २६-२६ रन बनाएका थिए । 

    त्यस्तै नेपाली बलर नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिएका थिए ।

    यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै २३५ रन बनाएको थियो ।

    नेपालका लागि पुर्वकप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए । रोहितले १२५ बल खेल्दै ८ चौका र एक छक्कासहित शतक प्रहार गरेका हुन् ।  रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो शतक हो । रोहितले यसअघि २०२२ मा पिएनजीविरुद्ध १२६ रन बनाएका थिए भने २०२५ मा युएईविरुद्ध १०९ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ४८ रन बनाए भने बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्द सिंह ले ३ विकेट र जाहिद शिजादले २ विकेट लिएका थिए ।

    अब सिरिजको अर्को खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।