Logo

२०८३, श्रावण २७गते


images
images

चोलेन्द्र समशेर राणा : विरसमशेरका पनाती, जसले जोगाए लोकतन्त्रको जग

चोलेन्द्र समशेर राणा : विरसमशेरका पनाती, जसले जोगाए लोकतन्त्रको जग

images
  • सेतोमसी सहकर्मी
  • चोलेन्द्र समशेर राणा : विरसमशेरका पनाती, जसले जोगाए लोकतन्त्रको जग
    images
    images

    ११ फाल्गुन, काठमाडौंं । नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र समशेर जबरा राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् ।

    images
    images
    images

    जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए ।
    उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन्– चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

    images
    images
    images

    वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भए ।

    images
    images
    images

    पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् ।

    सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गरेका छन् । उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी ट्रेनिङसमेत लिएका छन् ।

    संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र ०७१ जेठमा सर्बोच्च अदालतको स्थायी न्यायाधीश बनेका हुन् । त्यसबेला संसदीय सुनुवाई समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए । तर, पछि उनी नेकपाकै साथ पाएर सिफारिसमा परे र सर्बोच्चको प्रधानन्यायाधीश बने ।

    चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालतका प्रधानन्यायधीश हुन्। २०७५ मङ्सिर २७ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम सिफारिस गरेको थियो ।

    आफ्नो जन्म दिन कै दिन सर्बोच्चको सांचो समातेका तिनै चोलेन्द्रले लोकतन्त्रको जगलाई भत्किन नदिइ संसद पुनर्स्थापना गरि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन कै दिन उनको राजनीतिक जीवनको दिनगन्ती सुरु गराइदिए ।

    त्यतिमात्र होइन, तिनै चोलेन्द्र समशेर राणा जो राणा शासक बिरसमशेरका पनाती हुन, उनैले नेपालको लोकतन्त्रको जग भत्किनबाट जोगाएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।