Logo

२०८३, आश्विन ९गते


images
images

त्रिदेशीय शृंखलामा नेपालको पहिलो जित

त्रिदेशीय शृंखलामा नेपालको पहिलो जित

images
  • सेतोमसी सहकर्मी
  • त्रिदेशीय शृंखलामा नेपालको पहिलो जित
    images
    images

    काठमाडौँ । त्रिदेशीय शृंखलाको तेस्रो खेलमा नामिबियालाई तीन रनले हराउँदै घरेलु टोली नेपालले पहिलो जित निकालेको छ।

    images
    images
    images

    शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नामिबियाले पूरा २० ओभर खेल्दा सात विकेट गुमाएर एक सय ७७ रन बनाएको हो। 

    images
    images
    images

    नेपालको इनिङ्समा कुशल मल्ल र नामिबियाको लागि कप्तान जेजे स्मिथले अर्धसतकीय इनिङ्स खेलेका थिए। अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै करण केसीले नेपाललाई जित दिलाएका हुन्। अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा नामिबियाले मात्र ८ रन जोडेको थियो। 

    images
    images
    images

    यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग २० तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। नेपालले अन्तिम खेल शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।

    नामिबियाको इनिङ्समा कप्तान जेजे स्मिथले अर्धसतकीय इनिङ्स खेले। २६ बलमा उनले ६ चौका र दुई छक्का प्रहार गरेका हुन्। जान फ्रेलिन्कले ३७, जेपी कोट्जेले २५ रनको योगदान गरेका हुन्।

    ७.२ ओभरमा ५०–३ को अवस्थामा रहेको नामिबियालाई स्मिथ र जानले बलियो स्थितिमा पुर्याएका थिए। दुई खेलाडीले चौथो विकेटको लागि ८३ रनको साझेदारी भएको थियो।

    दीपेन्द्रसिंह ऐरीले १५ं.१ र १५.२ ओभरमा लगातार महत्वपूर्ण विकेट लिएपछि खेल नेपालतर्फ ढल्किएको थियो। आईसिसी विश्वकप क्रिकेट लिग–२ मा कीर्तिमानी सतक बनाएका इटोनलाई दीपेन्द्रले गोल्डेन डक गरेपछि नामिबिया दबाबमा आएको थियो। 

    अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा रुवेन ट्रुमपेल्मन र जान ग्रीन क्रिजमा थिए। तर, करण केसीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाएका हुन्। रुवेन १४ मा आउट भए। जानले १३ बलमा २४ रन बनाए। 

    नेपालको लागि सोमपाल कार्मी, करण केसी र  दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । अभिनाश बोहराको नाममा एक विकेट रह्यो। प्रतिश जिसी र कप्तान रोहितकुमार पौडेल भने विकेट विहिन भएका छन्। 

    नेपालको इनिङ्समा १९ वर्षीय अलराउन्डर कुशल मल्लले ३७ बलमा ५५ रन बनाए । उनले आक्रामक ब्याटिङ गर्दै एक चौका र चार छक्का प्रहार गरेका हुन्। उनको करियरको यो चौथो अर्धसतक हो । 

    मध्यक्रमका ब्याटर आरिफ शेखले २४ बलमा चार चौकासहित ३१ रन बनाए। गुल्शन झाले एलबीडब्लु धरापमा पर्दा २६ रनको योगदान गरेका हुन्। दीपेन्द्रसिंह ऐरी पनि ८ बलमा १६ रन बनाउँदा एलबिडब्लु धरापमा परे।  

    कुशल भुर्तेलले विश्राम पाएको खेलमा ओपनर रहेका अनिल शाहले १७ बल तीन छक्कासहित २३ रन बनाए । अर्का ओपनर आसिफ शेख भने दुई बलमा एक रन बनाएर आउट भएका हुन्। कप्तान रोहितकुमार पौडेल पनि जम्मा दश रनमात्रै जोड्न सके। 

    ३.४ ओभरमा दुई विकेट गुमाएपछि दबाबमा आएको नेपालको लागि अनिल र गुल्शनले २८ रन जोड्दै नेपालको इनिङ्स उकासेका हुन्। आरिफ र कुशलले पाँचौ विकेटको लागि सर्वाधिक ८५ रनको साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याएका हुन्। ७‍.२ ओभरमा ६४–४ अवस्थामा रहेको नेपाललाई दुई खेलाडीले अगाडी बढाएका हुन्। 

    नामिबियाका बेन सिकोन्गोले चार ओभरमा २८ रन खर्चिदै सर्वाधिक तीन विकेट हात पारे। ज्याक ब्रासेलले दुई तथा रुवेन थ्रुप्लेल्मन, जान निकोल इटोन र बेर्नाल्डले समान एक विकेट हात पारे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिदेशीय शृंखला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।