Logo

२०८३, आश्विन १०गते


images
images

नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय २१ रनको लक्ष्य

नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय २१ रनको लक्ष्य

images
  • सेतोमसी सहकर्मी
  • नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय २१ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । त्रिदेशीय शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाललाई नेदरल्यान्ड्सविरुद्ध एक सय २१ रनको लक्ष्य दिएको छ । 

    images
    images
    images

     कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९।३ ओभरमा अल आउट हुँदै एक सय २० रन बनाएको हो । 

    images
    images
    images

    खचाखच दर्शकले भरिएको कीर्तिपुर मैदानमा नेपालका बलर हाबी भएका थिए । धातक बलिङपछि नेदरल्यान्ड्सका कुनै पनि ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् । 

    images
    images
    images

    युवा बलर प्रतिश जिसीले सर्वाधिक तीन विकेट लिए । बायाँ हाते बलर प्रतिशले चार ओभरमा एक मेडनसहित जम्मा १३ रन खर्चिएका थिए । कुशल मल्लले चार ओभरमा १८ रन सहित दुई विकेट लिए । करण केसीले तीन ओभरमा १८ रनसहित दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका हुन् । 

    नेदरल्यान्ड्सका म्याक्स ओ डावडले २४ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाए । टिम भान डेर गुस्टेनले २४, तथा कप्तान स्कट एडवार्डले १८ रनको योगदान गरे ।  

    रोइलोफ भान डे मेर्वीले १४ बलमा २३ रन बनाएर अविजित रहे ।  यसअघि कुशल मल्लले आर्यत दत्तलाई गोल्डेन डक आउट गरे । केली कलेइन पनि गोल्डेन डक भए । गुल्शन झाले उनलाई रनआउट गरेका हुन् । 

    पहिलो ओभरमै करण केसीले दुई विकेट लिएपछि नेदरल्यानड्स दवावमा आएको थियो । करणले चार बल खेलेका ओपनर मिचेल लेभिटलाई चार रन तथा दुई बल खेलेका सेब्रान्ड इन्गेलब्रेचलाई शुन्यमा पेभिलयन फर्काएका हुन् । 

    कप्तान रोहितकुमार पौडेलले टस हारेपछि नेपालले सुरुमा फिल्डिङ गरेको थियो । ओपनर अनिलकुमार शाहको स्थान कुशल भुर्तेलले पुनरागमन गरेका छन् ।

    फाइनल प्रवेश सम्भावना कायम राख्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । आजको हारले नेपालको सम्भावना सकिनेछ । यसअघि नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । 

    नामिबियासँग पहिलो खेलमा २० रनले पराजित हुँदा दोस्रो खेलमा तीन रनले हराएको थियो ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिदेशीय शृंखला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।