Logo

२०८३, आश्विन ९गते


images
images

विचार

वाम गठबन्धन : मिसन समाजवादी केन्द्र

वाम गठबन्धन : मिसन समाजवादी केन्द्र

images
  • वाम गठबन्धन : मिसन समाजवादी केन्द्र
    images
    images

    सहिद सप्ताहको अन्तिम दिन, झापा विद्रोहका अमर शहिदहरूले सुखानीको जंगलमा साहदत प्राप्त गरेको दिन फागुन २१ गते नेपालको राजनीतिमा  घटेको घटनाक्रमले यतिबेला नेपाली राजनीतिक बजार र नेपाल सम्बन्धि चासो राख्ने अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूकोबीचमा समेत चर्चा, परिचर्चा, छलफल, चासो, तर्क र वितर्कहरु चलेका छन। जाे  स्वभाविक पनि  हाे ।

    images
    images
    images

    संसदीय राजनीतिमा गठबन्धन बन्नु भत्किनु र फेरि बन्नु यो सामान्य प्रक्रिया हो । संसदीय राजनीतिक चरित्रले नै यो कुराको माग गर्दछ। त्यसैले विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद आवश्यक पर्छ भनेर नै संविधान निर्माणको बेलामा नेकपा माओवादी केन्द्रले फरक मत (नोट अफ डिसेन्ट) लेखेको हो । संसदीय राजनीति अपनाइसकेपछि अल्पमत बहुमतको खेल हुनु कुनै अनाैठाे विषय होइन, यसलाई  स्वभाविकरुपमा लिनु  पर्दछ । तर सरकारमा बहुमत हुदा हुँदै बदलिएर नयाँ बनेकाे गठबन्धनलाई मात्र संसदीय अङ्क गणितका रुपमा ग्रहण गर्ने र बुझ्ने गरियो भने त्यो फेरि पनि गलत हुनेछ । नयाँ बनेकाे गठबन्धन् मात्र बहुमत पुर्याएर सरकार बनाउने भन्दा पनि निश्चित राजनैतिक र उद्धेश्य हासिल गर्ने र नेपालकाे राजनैतिक काेर्ष बदल्न बिगतकाे समीक्षा सहित बनेकाे छ । याे  गठबन्धनका अरु धेरै मध्ये मुख्य चारवटा  जिम्मेवारी रहेका छन् ।
     
    पहिलो विषय लामाे समयदेखि अड्किरहेकाे नेपालको शान्ति प्रक्रियाको जुन बाँकी काम छ, त्यसलाई पूरा गर्नु छ । त्यसकाे लागि  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयाेगकाे  कामलाई  संसदबाट बिधेयक पास गरेर कानुन बनाई  स्थायी रुपमा समाधान गर्नेुछ । शान्ति प्रक्रियालाई पूर्णता दिन जति ढिलाई हुन्छ, त्यति नै अविस्वास रहिरहन्छ र यसले  विकास र समृद्धिको मार्ग टाढा जान्छ । त्यसकारण लामो समयदेखि रोकिएको यो विषय हल गर्ने यो गठबन्धनको पहिलो र मुख्य काम हुनुपर्दछ । जो चार दलीय सहमतिमा उल्लेख पनि गरिएको छ ।

    images
    images
    images

    दोस्रो महत्वपूर्ण विषय भनेको सरकारबाट शुरु गरिएकाे सुशासन स्थापित गर्दै जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी डेलिभरी दिने र जनतालाई आशावादी बनाउँदै विकास र समृद्धिका साथमा रोजगारीको मार्गचित्र तयार गर्नुछ ।  त्यसाे गर्न सके मात्र ब्यवस्था प्रतिकाे जनबिस्वास बढ्छ । 

    images
    images
    images

    तेस्रो काम भनेको पछिल्लाे पटक बिग्रिन खाेजेकाे नेपालकाे परराष्ट्र नीतिलाई सन्तुलनमा ल्याएर 'हाम्राे परराष्ट्र नीति असंलग्न हो' भन्ने कुरा ब्यवहारिक रुपमा स्थापित गर्नुछ । त्यसकारण असंलग्न परराष्ट्र नीतिका आधारमा विश्व राजनीतिमा शक्तिशाली बन्दै गएका हाम्रा दुई असल छिमेकी भारत र चाइना त्यस्तै विश्वशक्ति राष्ट्र अमेरिका सहितका विश्वका सबै देशहरूसँग समान सम्बन्ध कायम गर्दै देशलाई असंलग्न परराष्ट्र नीतिका आधारमा अगाडि बढाउनु छ। 'हामी कसैका बिराेधि र कतै परस्त हैनाै' भन्ने कुरा स्थापित गरि नेपाललाई लगानीकाे केन्द्र बनाउनु छ ।

     चौथो विषय भनेको यो गठबन्धनलाई सीमित सरकार परिवर्तनको रूपमा नलिएर मुलुकका दुई शक्तिशाली वामपन्थी दलहरुले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख संविधानलाई कार्यान्वयन गर्न बृहत समाजवादी ध्रुवीकरण गर्दै समाजवाद निर्माण गर्ने शक्ति निर्माण गर्ने हुनुपर्दछ ।  नेपाली जनताले यति लामो त्याग र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै, समुन्नत समाजवादी राज्य निर्माण गर्न पनि नेपालका वामपन्थीहरूले नै अगुवाई गर्नुपर्ने हुन्छ ।

    फागुन २१ गते जुन प्रकारको सहमतिबाट फेरि एकपटक नेपालका वामपन्थीहरू एउटा मोर्चामा उभिने निर्णय गरेका छन्, यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । यो सुरुवातलाई स्थायित्व दिँदै सबै वामपन्थहरूको एउटा ध्रुव निर्माणमा लाग्न फागुन २१ कोशेढुङ्गा बन्नु पर्दछ ।
     
    आज पनि नेपालको जनमतले आशा र भरोसा गरेको भनेको नेपालका वामपन्थीहरूलाई नै हो । अत: विगतबाट पाठ सिकेर आत्मसमीक्षा सहित सबै वामपन्थीहरू एउटा मोर्चामा आउनै पर्दछ । हिजो जीवन-मरणको लडाई लडेर सामन्ती राजतन्त्रको अन्त्य गरेका जनयुद्धका सहयात्रीहरु समेत स-साना कोटरीमा रमाएका छन्।  शहिद सप्ताहको अन्तिम दिन अमर सहिद र सहिदद परिवारलाई सम्झेर सबै माओवादीहरू एउटै ध्रुवमा केन्द्रित हुने प्रण गरौं। त्यतिले  मात्र पनि अब पुग्दैन, अब  माओवादी आन्दोलनभन्दा बाहिर रहेका सबै वामपन्थीहरूलाई पनि एउटै केन्द्रमा गोलबन्द हुनको लागि यो गठबन्धन सुरुवाती बन्नु पर्दछ । नेकपा माओवादी केन्द्र  र  नेकपा एमालेका अत्यन्त गौरवपूर्ण इतिहास छन् हिजो पञ्चायती व्यवस्थाका विरुद्ध झापा विद्रोहको जगमा निर्माण भएको एमालेजनले पनि फागुन २१ गते सुखानीमा सहादत प्राप्त गरेका ती सहयोद्दाहरूलाई स्मरण गर्दै नेपालको वामपन्थी आन्दोलनलाई धुर्वीकृत गर्न गृहकार्य गर्नैपर्छ भने २४० वर्षको सामन्ती राजतन्त्रको अन्त्य गर्न हजारौंको बलिदानी दिएर यहाँ आएको नेकपा माओवादी केन्द्रले अबको समाजवादी क्रान्तिको कार्यभार पुरा गर्न बृहत ध्रुवीकरणको नेतृत्व लिन अब ढिला गर्नु हुदैन ।

    नेपाली जनताको अथाह  विश्वास रहेको नेपाली वामपन्थी आन्दोलनप्रति आजकाे  नयाँ पुस्ता आकर्षित हुन सकेको छैन । नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उमेरको हिसाबले तीनवटा पुस्ता देखिन्छ । यो तिनै पुस्तालाई समायोजन गर्दै असन्तुष्ट उत्पिडित समुदायलाई समेत विस्वासमा ल्याएर  बृहत समाजवादी केन्द्र निर्माण गरी नेतृत्व लिन अब ढिला गर्नु हुँदैन । त्यसकारण अहिलेको यो गठबन्धनलाई स्थायी बनाएर भविष्यमा समाजवादी केन्द्र निर्माण गर्न हिजो जीवनमरणको लडाईको नेतृत्व गरेको नेतृत्वले पहल गर्नैपर्छ । यदि यसो गर्न सकेमा यही शक्तिले नेपालमा समाजिक क्रान्ति पूरा गर्नेछ ।

    त्यसाे  गर्न नलागेर, संसदीय दाउपेजमा मात्र अल्मलियौँ भने हामीलाई इतिहासले माफ गर्दैन । आत्मसमीक्षा गरौं । शान्ति प्रक्रियालाई टुङ्ग्याउँ । जनतालाई विकास र रोजगारीको विश्वास दिलाऔं । अन्तर्राष्ट्रिय शक्तिलाई  असंलग्न परराष्ट्र नीतिको आधारमा समान व्यवहार गरि सबैकाे लगानीकाे केन्द्र नेपाल बनाऔं ।  फागुन ११ लाई प्रस्थान बिन्दु मानेर व्यापक छलफलसहित बृहत् वाम ध्रुवीकरण गर्दै समाजवादीको केन्द्र निर्माणको बाटोमा अघि बढौँ । यही नै नयाँ गठबन्धनकाे लक्ष्य र उद्धेश्य हुनुपर्दछ ।

    लेखक पोखरेल नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेशका मुख्य सचिव हुन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।