Logo

२०८३, श्रावण २७गते


images
images

जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री

जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री

images
  • सेतोमसी सहकर्मी
  • जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताएका छन् ।

    images
    images
    images

    बिहीबार काठमाडौँमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि रणनीतिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । उनले जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको उनले बताए ।

    images
    images
    images

    उनले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता देखिएको बताए । उनले देशको वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनु अहिलेको चुनौति रहेको बताए । उनले नेपाल जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण भएको पनि बताएका हुन् ।

    उनले भने, ‘जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ । यसले स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ । हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ । जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन् । एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण छन् । यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ । यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा पारेका छन् ।’

    प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक रहेको पनि बताए ।

    पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको बताए । पछिल्ला प्रतिवेदनअनुसार जलवायु परिवर्तनको असरकार कारण प्राकृतिक हिमश्रृंखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।