Logo

२०८३, आश्विन १०गते


images
images

बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा बुधबार बिहान गाउँ नजिकैको जङ्गलमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा सोही नगरपालिका–५ मनाकी ४५ वर्षीया दुरा साउद रहेको सहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिए । उनले दिएको जानकारीअनुसार बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जङ्गलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते साउदलाई उपचारका लागि सदरमुकाम मार्तडी लैजान नपाउँदै घरमा मृत्यु भएको बताए ।

    images
    images
    images

    भिरबाट लडेर घाइते भएकी साउदको सहरी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पठाइएको भए पनि भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नपाउँदै ज्यान गएको स्थानीय राजेन्द्र विकले बताए । जिल्लामा बर्सेनि भिरबाट लडेर घाइते भएकाले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउने गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।