Logo

२०८३, आश्विन १०गते


images
images

रूख ढलेर च्याप्दा एक महिलाको मृत्यु

रूख ढलेर च्याप्दा एक महिलाको मृत्यु

images
  • रूख ढलेर च्याप्दा एक महिलाको मृत्यु
    प्रतीकात्मक तस्बिर
    images
    images

    नवलपरासी  । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रूखले च्यापिएर एक महिलाको ज्यान गएको छ । शनिबार दिउँसो ३ बजेको समयमा स्थानीय श्रृष्टी  सामुदायिक वनभित्र रहेको घोलामा माछा मार्ने क्रममा सुकेको सिसौको रुख ढल्दा च्यापिएर पार्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    श्रीमान् बिशाल चौधरी सहित माछा मार्न गएकी २७ वर्षिया पार्वतीलाई सुकेको सिसौको रुख ढलेर गर्दनमा चोट लागेको थियो ।  घाइते उनलाई चिसापानी अस्पताल बर्दघाटमा पुर्याइएको र  उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहारी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । 

    images
    images
    images

     मृतकको शव पोष्टमार्टमाका लागि शब पृथ्वीचन्द्र अस्पतालमा परासीमा पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।